शीर्षकहरू

सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने

सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी सन्चालक तिलक कोइरालाले दिएका हुन । प्रस्तावित हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र हकप्रद शेयर निष्कासन गरिनेछ।