एजेन्सी । शनिबार दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि एक व्यक्तिले तरल पदार्थ प्रहार गरेका थिए । भारतीय मिडिया रिपोर्टमा मसी जस्तो देखिने तरल पदार्थ फ्याकिएको थियो ।
तर, समर्थकले घटनास्थलमै आरोपितलाई कुटपिट गरेका थिए । दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । यसअघि केजरीवालसँग छतरपुर–नाङ्लोईमा पनि यस्ता घटना भएका थिए ।