शीर्षकहरू

बुद्धिज्मको प्रचार प्रसारमा विश्वविद्यालयले विशेश ध्यान दिनुपर्नेमा  प्रधानमन्त्रीको जोड

बुद्धिज्मको प्रचार प्रसारमा विश्वविद्यालयले विशेश ध्यान दिनुपर्नेमा  प्रधानमन्त्रीको जोड

भैरहवा । बुद्धिज्मको प्रचार प्रसारमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विशेश ध्यान दिनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । उनले लुम्बिनी विश्व विद्यालयका विद्यार्थीहरु बुद्धका दर्शन र शिक्षाको प्रचारक तथा अनुयायी भएर समाजमा प्रस्तुत हुनुपर्नेमा समेत जोड दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रवार लुम्बिनीमा सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बुद्धको भवतु ुब्ब मंगलम् भन्ने बिषयमा ध्यान दिनुपर्ने बताए । बौद्ध विश्वविद्यालयबाट पिएचडि, स्नातकोत्तर , स्नातक तहको उपाधि प्राप्त २८९ जना विद्यार्थीलाई दिक्षित भएको प्रमाण पत्र जारि गर्दै उनले  बुद्धदर्शनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।

सो अवसरमा धम्मावति गुरु मा लाई मानार्थ पिएडिको उपाधि  प्रदान गरिएको थियो । कार्यक्रममा सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले बुद्ध शिक्षा आजको आवश्क्यक्ता भएको बताइन् । कार्यक्रममा चिनियाँ बौद्ध विद्वानहरुलाई समेत सम्मान गरिएको थियो ।