काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको हिजो बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सीईओ खड्कासँग नेपाल लाइफ, सूर्या लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्य अनुभव रहेको छ । कवि फुयाँलको कार्यकाल सकिएपछि खाली भएको पदमा उनलाई नियुक्त गरेको हो । ।