शीर्षकहरू

जुत्ता पसलबाट साढे ८ लाख असुल्दै मारवाडी सेवा समिति? महानगरले माग्यो कागजात

जुत्ता पसलबाट साढे ८ लाख असुल्दै मारवाडी सेवा समिति? महानगरले माग्यो कागजात

काठमाडौं । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ ।

बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले  छापा मारेको हो ।  छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि  मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए ।

साथै  उनले  सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए ।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात् खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नविकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।’