काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा आजदेखि चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी शुरु भएको छ । आगामी मंसिर १५ गतेसम्म चल्ने प्रदर्शनीमा
मंसिर १३ देखि १५ गतेसम्म राजधानीको नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिएका छन् । प्रदर्शनीमा नेपालसहित मा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरुको सहभागिता रहेको छ ।
मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । उनले सम्बोधन गर्दै निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए। पछिल्लो समय आर्थिक सूचकाङ्हरूमा सुधार देखिएकाले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिएका थिए ।
मेलाको उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत सहभागी थिए ।