शीर्षकहरू

नेक्सजेन म्यानेजमेन्ट र सामुदायिक रेडियो प्रसारक संघबीच सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र सामुदायिक रेडियो प्रसारक संघबीच सम्झौता

काठमाडौँ । सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ ( नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । देशैभरि संचालित सामुदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिवृद्धि र वित्तीय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुवै संस्थाबीच सहमती भएको हो ।

संघको केन्द्रीय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति बिहीबार सम्झौता भएको हो। सम्झौता पत्रमा सामुदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामुदायिक रेडियोहरूको छाता संगठन हो । संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन । संघले आफ्ना सदस्य रेडियोहरूको सुसंचालन, वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आईरहेको
छ ।

आर्थिक मन्दीको कारण वित्तिय श्रोतको व्वस्था नहुँदा धेरै रेडियोहरू क्रमशः समस्याग्रस्त हुँदै गएकाले सामुदायिक रेडियो प्रसारक संघको लागि वित्तिय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी संचालनमा सहयोग र सहकार्य गर्नेगरी संघ र नेक्सजेनबीच यो सम्झौता भएको हो ।