शीर्षकहरू

वर्ल्डलिंकले भित्राउँदै नयाँ विदेशी साझेदार, आज सम्झौता हुँदै

वर्ल्डलिंकले भित्राउँदै नयाँ विदेशी साझेदार, आज सम्झौता हुँदै

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीले वर्ल्डलिंकले नयाँ विदेशी साझेदार भित्राउने भएको छ । कम्पनीले फिनल्याण्डबाट लगानी भित्राउन लागेको हो । बिहीबार दुवै पक्षबीच लगानीसम्बन्धी सम्झौता हुँदैछ ।

कम्पनीमा बेलायती संस्था डोल्मा इम्याक्ट फन्डको लगानी थियो । सात वर्ष अगाडि वर्ल्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेशन इन्भेष्टमेन्ट (बीआईई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफ) बाट संयुक्त रूपमा १ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी भित्राएको थियो ।

२५ वर्षका लागि इजाजत पायो वर्ल्डलिंकले 
वर्ल्डलिंकले आगामी २५ वर्षका लागि पुन: सेवा सञ्चालन अनुमति पाएको छ । नयाँ कम्पनी सरह नै २५ वर्ष अवधिको लागि इजाजत पत्र पाएको हो । जसअनुसार कम्पनीले पहिलो पटक १० वर्षमा र त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्नेछ । 

कम्पनीले गत कात्तिक ३० गते नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वापतको २ अर्ब १५ करोड १४ लाख रुपैयाँ बुझाएको थियो । रोयल्टी भुक्तानी गरेपछि प्राधिकरणको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई पुन: सञ्चालन अनुमती दिने निर्णय गरेको हो ।

वर्ल्डलिंकले २०५५ साल चैत १६ देखि नेपालमा इमेल सहितको इन्टरनेट सेवा सुरु गरेको हो । कम्पनीले २५ वर्षको इजाजत अवधिमा २०८० चैतमा नै सकिएको हो । तर, सरकार र वर्ल्डलिंक बीचको कर विवादका लामो समय देखि वर्ल्डलिंक लाइसेन्सविहीन बनेको थियो । कर सम्बन्धी विवादमा वर्ल्डलिंकले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । तर, अदालतले सबै मुद्दा खारेज गरिदिएपछि कम्पनीले बक्यौता भुक्तानी गर्न बाध्य भएको हो । 

सरकारले वर्ल्डलिंकको गत कार्तिक १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै दूरसञ्चार विनियावमावलीमा संशोधन गर्दै वर्ल्डलिंकको सञ्चालन अनुमती नवीकरण सहज बनाएको थियो ।  गरेको भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको थियो । संशोधित नियमावलीलाई टेकेर प्राधिकरणले वर्ल्डलिंकलाई नयाँ लाइसेन्स जारी गरेको हो ।