शीर्षकहरू

३.१५ प्रतिशत लाभांश प्रस्ताव गर्दै लक्ष्य क्यापिटलले बोलायो साधारण सभा

३.१५ प्रतिशत लाभांश प्रस्ताव गर्दै लक्ष्य क्यापिटलले बोलायो साधारण सभा

काठमाडौँ । लक्ष्य क्यापिटल लिमिटेडले पुस ६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीको उदेश्य थप गर्ने र ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्तीको पनि प्रस्ताव गरेको छ ।