शीर्षकहरू

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंसिर १३ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिन अर्थात पुस १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय विराटनगर, मोरङमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।