शीर्षकहरू

मौलाकाली केवलकारले हकप्रद शेयर निष्काशन गर्ने, पुस ७ गते साधारण सभा

मौलाकाली केवलकारले हकप्रद शेयर निष्काशन गर्ने, पुस ७ गते साधारण सभा

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको साधारण सभा सम्बन्धी निर्णय कम्पनीले मंसिर १३ गते सार्वजनिक गरेको हो । सभा कम्पनीको रजिष्टार्ड कार्यालय गैडाकोट, नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले अधिकृत र जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।