शीर्षकहरू

पुँजीवृद्धिको प्रस्ताव गर्दै हिमशिला पावरले आह्वान गर्‍यो साधारण सभा

पुँजीवृद्धिको प्रस्ताव गर्दै हिमशिला पावरले आह्वान गर्‍यो साधारण सभा

काठमाडौँ । हिमशिला पावर कम्पनी लिमिटेडले अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव गर्दै दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ३ गते कम्पनीको कार्यालय बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाको विशेष प्रस्तावमा कम्पनीको अधिकृत तथा जारी पुँजी २५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ३३ करोड रुपैयाँ कायम गर्ने उल्लेख छ । कम्पनीले ८ करोड पुँजी थप गर्ने प्रस्ताव गरेकाले आगामी दिनमा आईपीओमा जाने संकेत देखिएको हो ।

साधारण सभाको प्रस्तावमा भने आईपीओ निष्कासनका सम्बन्धमा केही उल्लेख भएको छैन् । सभाका सामान्य प्रस्तावहरूमा भने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने उल्लेख छ ।