काठमाडौँ । सरकारले सुनमा लगाएको भन्सार महसुल आधा घटाएपछि गत सोमबार र मंगलबार एकैपटक तोलामा साढे १८ हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ । बुधबार ९०० रुपैयाँले सुनको मूल्य बढेकोमा आज तोलामा ३०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज बजारमा सुन तोलामा एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।