शीर्षकहरू

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा

काठमाडौं । इसेवा मनी ट्रान्सफरले  ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा गरेको छ । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी हुन् ।


मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजन मार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । गोलाप्रथाबाट घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं। ण्३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएकी हुन् । विजेता अन्जुला घिमिरेले रोमानियाबाट इसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएकी थिइन् । 

इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न  र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो । यसै अन्तर्गत, २०८० असोज १ देखि कात्तिक ३०, २०८१  गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो । 

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे । उनले भने, ‘‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। देशलाई डिजिटल बनाउने हाम्रो यस  अभियानप्रति योगदान  पुर्याउने सबै नेपालीलाई धन्यवाद दिन चाहन्छु।’

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै भने, ‘डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको छ।