शीर्षकहरू

कुथेली बुखरी स्मल हाइड्रोपावरले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश

कुथेली बुखरी स्मल हाइड्रोपावरले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

बोनस  शेयर मात्र वितरण गर्ने निर्णय भएकाले त्यस वापत्को कर भने सम्बन्धित शेयरधनीहरुलेनै तिर्नुपर्ने देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ करोड २१ लाख ८६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने तयारी कम्पनीले गरेको हो । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।

 यस कम्पनीले सर्वसाधारणका लागि २०८० साल साउन ७ गते आईपीओ बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत जलविद्युत कम्पनीमध्येकै सर्वाधिक शेयरमूल्य यस कम्पनीको रहेको छ । पछिल्लो कारोबार दिन सोमवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ५३९ रुपैयाँ कायम भएको छ ।