शीर्षकहरू

सुनको मूल्य  प्रतितोला नौ सय रूपैयाँले  बढ्यो

सुनको मूल्य  प्रतितोला नौ सय रूपैयाँले  बढ्यो

काठमाडौँ । नेपाली बजारमा  सुनको मूल्य  प्रतितोला नौ सय रूपैयाँले  बढेको छ। सोमबार र मंगलबार प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुन आज प्रतितोला नौ सय रूपैयाँले वृद्धि भएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधवार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

 आज चाँदी मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।