काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा राखेको छ । बैंकको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयर बैंकका हाल विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने छन।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयधरनी लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र दिइसक्नु पर्नेछ।