शीर्षकहरू

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षसन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले उनलाई शपथ खुवाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । शपथ ग्रहण गर्दै श्रेष्ठले शेयर बजारका समस्याहरू समाधानका लागि आफू डटेर लाग्ने बताए । साथै चुनौतीहरू सामना गर्नुपर्ने अवस्था रहेकाले ती चुनौतीलाई अवसरका रूपमा लिने भनाइ उनले राखे ।

श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । उक्त संस्था तत्कालिन नेपाल एक्सप्रेस फाइनान्स कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएपछि  १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ ।

श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा समेत तीन वर्ष सदस्य रहेर काम गरेका थिए ।