शीर्षकहरू

३३.४१ अंकले बढेको शेयर बजारमा २११ कम्पनीको शेयर बढ्यो, तीनमा सर्किट

३३.४१ अंकले बढेको शेयर बजारमा २११ कम्पनीको शेयर बढ्यो, तीनमा सर्किट

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३३.४१ ले बढेर दुई हजार ७१६.६६ अंकमा बजार बन्द भएको छ ।

यसदिन सेन्सेटिभ इन्डेक्स ४.५०, फ्लट इन्डेक्स २.३६ र सेन्सेटिभ फ्लट इन्डेक्स १.५४ अंकले बढेको छ । यस्तै १३ वटै उपसमूहको शेयर बढेको छ ।

आज कारोबारमा आएका २४४ मध्ये २११ कम्पनीको शेयर बढेको छ भने ३२ कम्पनीको शेयर घटेकोमा एकको स्थिर छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इडीआई मर्दी हाइड्रोपावर र कुथेरी बुखरी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोमा भने नकारात्मक सर्किट लागेको छ ।

यसदिन नेप्सेसँग कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएकोमा आज ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच भएको छ ।