शीर्षकहरू

दुई दिनमा साढे १८ हजारले घट्यो सुनको मूल्य

दुई दिनमा साढे १८ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार तोलामा एकैदिन १५ हजार ९०० ले घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । यसदिन दुई हजार ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । यससँगै दुई दिनमा मात्रै सुनको मूल्य साढे १८ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुन तोलाको एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेसँगै सोमबार एकैपटक सुनको मूल्यमा ठूलो गिरावट आएको थियो । आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन तोलामा २५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ८२० रूपैयाँमा किनबेच भइरहेको छ ।