काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले सर्वप्रिय राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ५ मा १००-इन-ड्राइभको पुरै कमिशन फिर्ताू नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।
मङ्सिर ९ गते देखि फाल्गुन ९ गतेसम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफुले इन(ड्राइभलाई तिर्नु पर्ने कमिशन १०० प्रतिशत फिर्ता पाउना सकिने कम्पनीले जनाएको छ ।
साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरुले योजना अन्तर्गतको कमिसन ( नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन(इन गराउने ७५ रुपैयाँसम्म बोनस पाउने छन् । त्यस्तै, यात्राको भुक्तानी त्तच् वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने १० रुपैयाँ बोनस, प्रति दिन पाउने छन् ।
त्यस्तै, डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने १० रुपैयाँ बोनस, प्रति दिन, भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने १० रुपैयाँ बोनस, प्रति दिन र मोबाईल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने १० रुपैयाँ बोनस, प्रति दिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।