काठमाडौं । करिब ११ महिना पछि नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्र गर्न ११ महिना लगाएको छ । ११ महिनापछि अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति भएका छन। सोमबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । सरकारले आइतबार मात्रै तीन जना डा नवराज अधिकारी र मुक्ति नाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस गरेको थियो ।
नवनियुक्त अध्यक्षलाई नयाँ स्टक एक्स्चेञ्ज संचालन गर्न प्रस्ताव पेश गरेका व्यवसायीक घरानाहरुको साथ रहेको चर्चा रहेको छ । अब श्रेष्ठले सरकारी स्टक एक्स्चेञ्ज नेपाल स्टक एक्स्जेञ्जको अर्को प्रतिस्पर्दी एक्स्चेञ्ज हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स ल्याउन सहयोग पूग्ने छ ।
बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा ठूलो धनरासी लेनदेन भएको भनेर प्रतिनिधिसभामा नै बहस समेत भएको विषय हो । नव नियुक्त अध्यक्षले अब यी चर्चालाई तिर्ने काम गर्न छन् कि बजारमा चर्चा चलेको जस्तै यी व्यापारी घरानाको लागी काम गर्छन त्यो भने उनका आगामी कामले देखाउने छ ।