शीर्षकहरू

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न भोलि रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न भोलि रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध प्रकरणमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौँ ल्याइने भएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई भोलि काठमाडौँ ल्याउन लागिएको हो ।

गत मंसिर २ गते जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यस्तै चितवन भरतपुरको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताअरूले पनि उनीसहित १० जनाविरुद्ध जाहेरी दिएका छन् । 

गत कात्तिक २७ गते बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनबारे ठगी गर्न उनलाई रुपन्देही पुर्‍याइएको थियो । तीन दिनको बयान सकिएपछि उनलाई ३० कात्तिकमा पोखरा फर्काइएको थियो । पोखरामा बयान सकिएपछि उनलाई भोलि काठमाडौँ ल्याउन लागिएको हो । आइतबार उनीमाथि सहकारी ठगी, सम्पत्ति र संगठित अपराध प्रकरणमा अनुसन्धान गर्न थप १५ दिन म्याद थपिएको छ ।

गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार पाँचौँपटक म्याद थपिएको हो । 

लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।