शीर्षकहरू

चीन कार्ड खेल्न खोजेको भनेको होइन : प्रचण्ड

चीन कार्ड खेल्न खोजेको भनेको होइन : प्रचण्ड
फाइल तस्वीर

काठमाडौँ । गत कात्तिक अन्तिम साता भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण ‘चाइना कार्ड’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त भनाइ सच्चाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग गरेको छलफलमा प्रचण्डले आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको बताएका हुन् । आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै उनले आफूले उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

यसअघि उनले द हिन्दूसँगको अन्तर्वार्तामा वर्तमान सरकारले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्वता देखाउन नसकेको आरोप लगाएका थिए । उनले भनेका थिए, 'पहिले चीन जानु भनेको प्रधानमन्त्री ओलीले देखाएको अपरिपक्वताको प्रमाण हो । सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो ।'

चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्ने उनको भनाइ रहेको थियो ।ऽ