शीर्षकहरू

१५.८३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१५.८३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन १५.८३ अंकले बढेर शेयर बजार दुई हजार ६८३.२४ बिन्दुमा बन्द भएको छ ।

सोमबार सेन्सेटिभ इन्डेक्स १.८६, फ्लट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५९ अंकले बढेको छ भने प्रोशधन तथा उत्पादन र म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर बढेको छ ।

आज कारोबारमा आएका २४५ मध्ये १६७ कम्पनीको शेयर बढेको छ । ६७ कम्पनीको शेयर घटेकोमा ९ वटाको भने स्थिर रहेको छ । बेस्ट फाइनान्स र सुपर म्यादी हाइड्रोको शेयर सर्वाधिक ९.९१ प्रतिशतले बढेकोमा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८५, स्वभािमान लघुवित्तको ९.७८ र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.६७ प्रतिशतले शेयरमूल्य बढेको छ । 

यस्तै न्यादी ग्रुप पावरको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज  ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।