शीर्षकहरू

लुम्बिनी सेरामिक्स: टायलमा देशलाई आत्मनिर्भर बनाउदै

लुम्बिनी सेरामिक्स: टायलमा देशलाई आत्मनिर्भर बनाउदै

alb{of . टायलको आन्तरिक बजारको मागलाई धान्ने उद्देश्यले  बर्दियाको गुलेरियामा स्थापना भएको लुम्बिनी सेरामिक्सले आफ्नो उत्पादन गत असोजबाट शुरु गरेको थियो। लुम्बिनी सेरामिक्स २०१९ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । सन् २०२३ मा नै प्राथमिक ्शेयर निष्कासन गर्न लुम्बिनी पब्लिक लिमिटेडका रुपमा आफ्नो शेयरको संरचना परिवर्तन गरेको पाइन्छ  ।  २०८१ भदौ १ गतेदेखि सञ्चालनमा आएको हो । यसका सञ्चालकमा सुब्रत घिताल, श्याम सुन्दर खेतान, आशुतोष खेतान, सिन्नी खेतान, शशी चुरिवाल र सृजना अर्याल रहेका छन् । 

असोज १ गतेबाट लेमिनार टायल सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने नेपालको पहिलो उद्योग बनेको कम्पनीको प्रबन्ध निर्देशक अभिनव चुरिवाल बताउँछन् । कम्पनीका निर्देशक अभिनव चुरिवालले उद्योगमा दैनिक १ लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन गर्ने उद्योग १२ विघा क्षेत्रफलको १ लाख ३५ स्क्वायर क्षेत्रफलमा उद्योग स्थापना भएको छ ।  उद्योगमा प्रत्यक्ष रुपमा ३ सय जना भन्दा बढीले रोजगारी पाइरहेका छन् । उद्योगले दैनिक ३० देखि ३५ हजार युनिट बिजुली खपत गरिरहेको छ । उद्योगले ४१.५ मिलियन स्क्वायर फिट प्रति वर्ष उत्पादन गर्ने क्षमता रहेको छ । 

null
यस उद्योगमा अत्याधुनिक मेसिनहरु जुन स्पेन, इटाली, चीन र भारतबाट ल्याइएका हुन भने यसको गुणस्तर परीक्षण गर्ने प्रविधि इटालीबाट ल्याइएका मेसिनबाट गर्ने गरिएको कम्पनीका प्रबन्ध निर्देशक चुरिवालले बताए । यो उद्योगले स्थापनाको पहिलो बर्ष नै ८० प्रतिशत क्षमतामा आफ्नो उत्पादन गर्ने उद्देश्य राखेको छ । 


नेपालको निर्माण क्षेत्रमा एक लोकप्रिय बनेको भिट्रिफाइड टायलले विस्तारै नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन लागेको चुरिवालको भनाइ छ । नेपालीका टायल पारखीहरुको इच्छालाई पुरा गर्न अहिले उद्योगले ३ वटा साइजमा टायल उत्पादन गरिरहेको र अबको केही  महिना भित्र २ वटा साइजमा उत्पादन सुरु गर्ने तयारी गरेको उनले बताए । हाल १६र१६, २र२ र २र४ साइजको टायल उत्पादन भइरहेको छ । लुम्बिनी सेरामिक्सको उत्पादन ८० देखि २०० रुपैयाँ प्रति स्क्वायर फिटमा विक्री हुने गरेको छ । बजारमा पाइने अन्य टायलहरुभन्दा १५ देखि २० रुपैयाँ सस्तो नै आफ्नो मूल्य रहेको कम्पनीका प्रबन्ध निर्देशक चुरिवालले जानकारी दिए ।


यस उद्योगबाट उत्पादन भएका उत्पादनले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीका लागि आईएसओ १४००१ः२०१५ पाएको प्रबन्ध निर्देशक चुरिवालले बताए । त्यस्तै, व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ ४५००१ः२०१८ गरी तीन विधामा प्रमाणपत्र पाइसकेको उनले बताए ।


नेपालको निर्माण क्षेत्रमा  टायलको बढ्दो प्रयोगका साथमा लोकप्रियतालाई ध्यानमा राखेर हाल भारत लगायतका देशबाट आयात भएका टायलहरु बजारमा विक्री वितरण भइरहेका छन् । नेपाली उपभोक्ताको टायतप्रतिको बढ्नो मागलाई ध्यान राख्दै देशमा आधा दर्जनको संख्यामा टायल्स उद्योग स्थापना भइसकेका छन ।


टायलको यस्तो बढ्दो माग र बजार तथा व्यापक प्रतिस्र्धालाई ध्यानमा राख्दै लेमिनार ब्राण्ड नेपालीको टायल बजारम अलग पहिनाका साथमा बजारमा देखिने कम्पनीका प्रबन्ध निर्देशक चुरिवाल दावी गर्छन ।  ‘नेपाली बजारमा लेमिनार ब्राण्ड सेतोभन्दा पनि सेतो टायल खोज्नेहरुका लागि पहिलो ब्राण्ड बन्ने छ । किनकी सेतो भनेकै लेमिनार ब्राण्ड हो, उनी दाबी गर्छन् । 
उनका अनुसार, छिद्रपन निकै कम हुने टायल भनेको भिट्रिफाइड टायल हो । "यति मात्रै होइन, भार बहन जाँच, जलन जाँच, सेतोपना, टायलमा लेमिनेस गरेको टायल भनेकै लेमिनार टायल्स हो ।"