शीर्षकहरू

सामलिङ्ग पावरले पुस २ गते साधारण सभा गर्दै

सामलिङ्ग पावरले पुस २ गते साधारण सभा गर्दै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धाराणको विषयलाई टुङ्ग्याउनेछ । 

कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट ८ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।