काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आािर्थक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् ।
उल्लेखित प्रस्ताव मात्र तय गरिएको यस सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । यो कम्पनी बल्ल नाफामा रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७६ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट ५ करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।