काठमाडौं । स्वतन्त्र उम्मेदवारमा डा नवरथकुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेशराज पाण्डे र कविकुमार महर्जनले कीर्तिपुरको माहोल तताएका छन् ।
स्थानीय जनताले स्वतन्त्र उम्मेदवारलाई मुल पार्टीका उम्मेदवारभन्दा फरक ढंगले हेरेको बताएका छन् । स्थानीय जनतासँग स्वतन्त्र उम्मेदवार भिजेकाले मुलपार्टीका उम्मेदवारभन्दा बढी आश गरेका छन् । कांग्रेसका कृष्णमान डंगोल, नेकपा एमालेबाट डा सुरेन्द्र मानन्धर नयाँ अनुहार हुन् ।
माओवादीका महर्जन पुरानै अनुहार भएपनि उनले अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । यसपटक उनलाई नेकपा एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ । अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार वटुकृष्ण थापाले नगर प्रमुखमा एक हजार १५३ मत पाएका थिए ।
यसैगरी नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल (माले)का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले पनि नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।