शीर्षकहरू

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जना सिफारिस, पहिला नै नाम तय भएका अध्यक्ष बन्ने !

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जना सिफारिस, पहिला नै नाम तय भएका अध्यक्ष बन्ने !


 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तका लागि तीन जना सिफारिस भएका छन् । आज विहान अन्तरवार्ता लिएका डा नवराज अधिकारी, कृष्णबहादुर कार्की र यसभन्दा पहिला अन्तरवार्ता लिएका मुक्ती श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठसहितका नामबाट तीन जना अन्तिम छनोटमा परेका हुन । तीन जनामा डा. नवराज अधिकारी, मुक्ती श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । 

आइतबार बिहान सिंहदरबारमा यसभन्दा पहिला अन्तरवार्ताका लागि उपस्थित नभएका तीन जनालाई बोलाइएको थियो ।  उक्त उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सुरु भएकोमा  तीनजनामध्ये एक जना अनुपस्थित भएका छन । छनोट प्रक्रियालाई नै बहिष्कार गरेर अमेरिका तिर गएका चिरञ्जीवी चापागाई भने उक्त अन्तरवार्ता कार्याक्रममा सहभागी रहेका थिएनन् । 

नेपाली काँग्रेसका गठबन्धनको माओदावी अर्थमन्त्री जनार्दन शर्मा र हालकी परराष्ट्रमन्त्री अजूृ राणा देउवाले शुरु गरेको सेबोन अध्यक्ष प्रक्रिया काँग्रेसको सहयोगमा बनेको एमालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलका पालामा पुरा हुने भएको छ । 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले थप अध्ययनका लागि भन्दै नयाँ स्टक एक्स्चेञ्ज स्थगित गर्ने निर्णय सँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया पनि पूर्णविराम लागेपछि अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाले । गत असार १९ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी भयो । 

नयाँ सरकारले फेरि अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गर्‍यो । यसअनुसार उपाध्यक्ष अधिकारी संयोजक रहेको सिफारिस समितिले गत असोज १९ मा प्रत्याशीमध्येका तीन जना कार्की, अधिकारी र चापागाईंलाई बोलाएको थियो । बिहान आठ बजे बोलाइएको अन्तर्वार्तामा कार्की र अधिकारी निर्धारित समयमै अर्थ मन्त्रालय पुगेका पनि थिए । तर चापागाईं उपस्थित भएनन् । 

यता, काँग्रेस माओवादीका पालामा नै धितोपत्र बोर्डका अध्यक्षको नाम किटान गरेर प्रकाशन गरिएको सूचनाले अन्तिमसम्म आउँदासम्म पनि सोहि पात्रकाको नाम निरन्तर यथावत नै रहेको देखिन्छ । यसका पछाडि पहिलो चरणमा अन्तरवार्ता दिएका श्रेष्ठद्धयमध्येबाट  एक जना अध्यक्ष हुने पक्का नै भएको देखिन्छ  । ती दुई जनामध्यका पात्रका लागि नै विगत १८ महिना यो प्रक्रिया कहिले अदालतको फेरो त कहिले प्रधानमन्त्रीको फेरिमा अल्झिरएको थियो ।