काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १०ः२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि यसको पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोके बमोजिम पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।