काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न मंसिर ९ गते अनुमति दिएको हो ।
कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।