काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका नेतृ रहेकी उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।