शीर्षकहरू

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति र संगठित अपराध प्रकरणमा अनुसन्धान गर्न थप १५ दिन म्याद थपिएको छ ।

गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज पाँचौँपटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

म्याद थप भएसँगै प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा उनलाई काठमाडौँबाट पक्राउ गरेर कास्की पुर्‍याइएको थियो । 

लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।