काठमाडौँ । नेकपा एमालेले दोस्रोपटक पनि काठमाडौँ महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । गत मंसिर ७ गते एमालेले दरबारमागर्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेको भन्दै महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवानासम्बन्धी पत्र काटेको थियो । तर एमालेले उक्त पत्र बुझ्न मानेन ।
पत्र बुझ्न अस्वीकार गरेपछि आइतबार पुन: महानगरपालिकाका प्रतिनिधिहरु जरिवाना पत्र बुझेर एमाले कार्यालय पुगेका थिए । तर एमालेले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।