काठमाडौं । क्यानडाबाट फर्किएका दम्पत्ति काठमाडौंको सिनामंगलमा मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेका हुन।
प्रहरीका अनुसार होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेपछि पहिचान खुलेको हो । मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको प्रहरीले बताएको छ । दुबैजना शनिबार मात्रै क्यानडाबाट काठमाडौं आएको पनि ती अधिकारीले बताए। घटनास्थलमा प्रहरी वृत्त गौशाला, प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।