काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ११ करोड १२ लाख ३५ हजार रुपैयाँको आधारमा ९.५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगदगरी १०.०१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले बोनस शेयरका लागि १० करोड ५६ लाख ७३ हजार रुपैयाँभन्दा बढी र नगद लाभांशका लागि ५५ लाख ६१ हजार रुपैयाँभन्दा बढी वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।