काठमाडौँ । विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट दुई दिनदेखि नयाँ राहदानी वितरणको काम ठप्प भएको छ । बिहीबारदेखि नै नयाँ राहदानी वितरण रोकिएकोमा बनाउने काम भैरहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए ।
राहदानी वितरण ठप्प भएपछि तत्काल राहदानी बनाएर विदेश उड्ने तथा अन्य प्रक्रिया प्रभावित भएको छ ।
प्रणालीमा समस्या आएपछि रोकिएकोमा आइतबारदेखि सेवा सुचारु गर्नेगरी तयारी भैरहेको विभागका महानिर्देशक अर्यालले बताए ।