काठमाडौँ । गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२%) राम्रा भेटिएका छन् ।
१३३ वटा (२६.७६%) मा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटा (६२.५७%) मा मूल्य सूची थिएन । २ सय वटा (४०.२४%) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएको पाइएको महानगरले जनाएको छ ।
यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल रहेका थिए ।