शीर्षकहरू

युनाइटेड इदी मार्दीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद शेयर  पनि निष्काशन गर्ने

युनाइटेड इदी मार्दीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद शेयर  पनि निष्काशन गर्ने

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मङ्सिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन हुनेछ ।