शीर्षकहरू

लिबर्टी ईनर्जीले मङ्सिर १६ देखि हकप्रद शेयर निष्काशन गर्ने

लिबर्टी ईनर्जीले मङ्सिर १६ देखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मङ्सिर १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरिसकेको छ ।  यस आधारमा कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीको हकप्रद शेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ्ग शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ्ग शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।  त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ५५ करोड ४४ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ भने १५ करोड ३२ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नेछ ।  

त्यस्तै, बाँकी रहेको ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रबद्र्धित लोदोखोला साना जलविद्युत आयोजनमा लगानी गर्ने कम्पनीले बताएको छ ।