शीर्षकहरू

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश

काठमाडौं । गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको थियो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । 

विसं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।  बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।