काठमाडौं । आज तीन कम्पनीको धारणसभा हुने भएको छ । आशा लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र रिडी पावर कम्पनीको साधारणसभा आज बस्ने भएको हो । आशा लघुवित्तको साधारणसभा बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने छ । उक्त सभामा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरणलगायतका प्रस्ताव पास गर्ने छ ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको साधारणसभा लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा बिहान ८ बजेदेखि बस्ने सूचनामा उल्लेख छ । उक्त सभाले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, रिडी पावर कम्पनीको साधारण सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे बस्दै छ । सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ ।