शीर्षकहरू

माछापुच्छ्रे बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न आग्रह

माछापुच्छ्रे बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न आग्रह

काठमाडौं । माछापुच्छ्रे बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ । बैंकले ५ वर्षअघि सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७५र०७६ सम्मको नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको हो । 

लाभांश लिन बाँकी शेयरधनीले एक महिनाभित्र बैंकको बाघदरबारस्थित जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको बैंकको शेयर शाखामा सम्पर्क राख्नुपर्नेछ । तोकिएको अवधिभित्र लाभांश दाबी गर्न नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ ।