शीर्षकहरू

आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रका तीन अध्यक्ष नियुक्त

आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रका तीन अध्यक्ष नियुक्त

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद्ले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यस्तै, नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न भन्दै पूर्वन्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ । आयोगमा एकजना प्राविधिक कर्मचारी तथा एकजना चार्टर्ड एकाउन्टेन्ट सदस्य रहने बताइएको छ । 

साथै, मन्त्रिपरिषद् बैठकले दुई डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गरेको छ ।  त्यस्तै राष्ट्रिय विपद् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गृहसचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 त्यस्तै,नागरिक बचतपत्र तथा वैदेशिक बचतपत्रको ब्याज तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । धरहरामा सशुल्क पार्किंङ गराउन खुला गर्ने निर्णय भएको छ । साथै सार्वजनिक खर्च मितव्ययी गराउने मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।