काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र व्यापारीहरु (स्टक डिलर) को लागि ११२ वटा कम्पनीमध्ये १९ वटा बाणिज्य बैंक सूचीकृत भएका छन । नेप्सेले आज मापदण्ड पूरा गरेका कम्पनीहरुको सूची सार्वजनिक गर्दै स्टक डिलरका लागि कम्पनी सार्वजनिक गरेको हो ।
नेप्सेले सार्वजनिक गेको सूचीमा २६ लघुवित्त संस्था, २५ वटा जलविद्युत कम्पनी, १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ फाइनान्स कम्पनी, ७ जीवन बीमा कम्पनी, ११ निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी र २/२ वटा उत्पादन तथा अन्य समूहका कम्पनी छन् ।