शीर्षकहरू

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको साधारण सभाका लागि बैंकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य २४१.७१ रुपैयाँ कायम गरिएको छ । यसअघि २५५ रुपैयाँ थियो ।

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि नै शेयर कारोबार हुने नेपाल स्टक एक्चेञ्ज(नेप्से)ले जनाएको छ । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २०८ रुपैयाँ ९१ पैसा कायम गरेको छ ।