शीर्षकहरू

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।

आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीको पद्दतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्नसक्ने भए पनि तत्काल त्यसको कुनै तयारी नभएको दाबी गरे  ।

उनले भने, 'दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन ।'

उनले २०८४ सम्म यो गठबन्धन कायम रहने दाबी गर्दै अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधनमन्त्री बन्ने बताए ।