काठमाडौं । सोल्टी होटल लिमिटेडको ५०औं वार्षिक साधारणसभा बोलाएको छ । होटलले पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे लागि सभा बोलाएको हो । सभामा होटलले २०८०र८१ को आर्थिक वर्षको मुनाफाबाट नगदसहित ३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुने होटलले जारी गरेको सूचनामा उल्लेख छ ।
होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७९र८० मा होटलले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।