शीर्षकहरू

कुनै बेला केपी ओलीका परराष्ट्र सल्लाहकार डा भट्टराई कम्बोडिया उडे

कुनै बेला केपी ओलीका परराष्ट्र सल्लाहकार डा भट्टराई कम्बोडिया उडे

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा.राजन भट्टराई कम्बोडिया उडेका छन् । कुनै बेला प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत हुन् । भट्टराई कुनै कार्यक्रमका लागि दुई दिनअघि कम्बोडिया उडेका हुन् । 

बुधबार साँझ भट्टराई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका छन् ।

‘क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन् ।’